(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)
निजी क्षेत्रमा प्रयोगशाला स्थापना र सञ्चालनको लागि दिने अनुमतिपत्र
श्री …………………………….
…………………………………
विषय ः अनुमतिपत्र प्रदान गरिएको ।
महाशय,
तपाई/त्यस कार्यालय/त्यस संस्थाले निजी क्षेत्रमा प्रयोगशाला स्थापना र सञ्चालन गरी
पाउँ भनी समिति समक्ष दिनु भएको निवेदन उपर कारबाही हुँदा बीउ बिजन ऐन, २०४५ को
उपदफा ९.४ तथा बीउ बिजन नियमावली, २०६९ को नियम २२ को परिधिभित्र रही निजी
स्तरमा बीउ बिजन प्रयोगशाला स्थापना र सञ्चालन गर्न यो अनुमतिपत्र प्रदान गरिएको छ ।
अनुमतिपत्र प्रदान गर्ने अधिकारीको
दस्तखतः
नाम, थरः
दर्जाः सदस्य सचिव, राष्ट्रिय बीउ बिजन समिति
मितिः
प्रयोगशाला सञ्चालनको क्रममा देहायका शर्तहरू पालना गर्नु पर्नेछ –
(१) बीउ बिजन विश्लेषकले बीउ बिजन विशलेषण गर्ने अनुमतिपत्र बीउ बिजन नियमावली
बमोजिम नवीकरण गराउनु पर्नेछ ।
(२) प्रयोगशालाको अनुगमन तथा निरीक्षण गर्दा अनुमतिपत्र प्राप्त गर्दाको अवस्थामा उल्लेख
गरिए अनुसारको मेशिनरी तथा उपकरण, जनशक्ति र भौतिक पूर्वाधार पूरा गरेको हुनु
पर्नेछ ।
(३) मेशिनरी तथा उपकरणहरू बिग्रेको अवस्थामा तत्काल केन्द्रीय बीउ बिजन परीक्षण
प्रयोगशालामा जानकारी दिनु पर्नेछ र यसरी जानकारी दिएको मितिबाट बढीमा ३
महिनाभित्र उक्त मेशिनरी उपकरणको मर्मत वा नयाँ व्यवस्था गर्नु पर्नेछ ।
(४) जनशक्तिमा हेरफेर हुन सक्ने अवस्था आएमा तत्काल केन्द्रीय बीउ बिजन परीक्षण
प्रयोगशालामा जानकारी दिई बढीमा ६ महिनाभित्र जनशक्तिको व्यवस्था गर्नु पर्नेछ ।
(५) मेशिनरी, उपकरण र जनशक्तिको कारणवश हेरफेर हुने भएमा उक्त मेशिनरी, उपकरण
तथा जनशक्तिको उपयुक्त व्यवस्था नगरी बीउ बिजन विश्लेषण गर्न पाइने छैन ।
(६) केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाबाट अनुगमन तथा निरीक्षणको क्रममा दिएको
सुझावहरू पालना गर्नुपर्नेछ ।